वालिङका पूर्व वडा अध्यक्ष श्रेष्ठ मृत अवस्थामा भेटिए ।
स्याङ्जा , २६ साउन :
वालिङ नगरपालिका वडा नम्वर ९ का पूर्व वडा अध्यक्ष ५५ बर्षीय बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । वालिङ नगरपालिका वडा नम्वर १३ स्थित गाहाखोला स्थित भित्रि सडकमा उनी मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्ग भन्दा करिव २० मिटर तल लडेको अवस्थामा उनको शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए ।
ग १६ प ५४६१ नं को स्कुटर सहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएका थिए । गएराति देखि घरपरिवारसँग उनी सम्पर्कमा रहेका थिएनन् । उनको शव वालिङ स्थित गह्रौं प्राथमिक अस्पतालमा पोस्टमार्टमको लागि राखिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रबिन्द्र खनालले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुशार घटनास्थलमा नुडोन नामक सेतो रंगको किटनासक बिषादीको खोलिएको डिब्बा भेटिएको छ । श्रेष्ठको मृत्यु बारे अनुसन्धान जारी रहेको प्रवक्ता खनालले बताउनु भयो ।
श्रेष्ठ २०७४ को स्थानिय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
समाचार
थप सामाग्री
पोखराकाे जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
१ महिना अगाडि
पोखरा : पोखरामा रहेकाे गण्डकी मेडिकल कलेज (जिएमसी) मा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु भएकाे छ । डा….


