देशभरको आजको मौसम ।
काठमाण्डौ:
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर अवस्थित रहेको छ।
आज बिहान देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रहेको छ। त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहिबार दिउँसो भने देशभर सामान्यदेखि पूर्ण रुपमा बदली रहनेछ । साथै देशका पहाडी भू-भाग र अन्य भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, सुदूरपश्चिम र प्रदेश-१ का केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
बिहिबार राति भने देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण रुपमा बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहनेछ। साथै देशका पहाडी भू-भाग र अन्य भू-भागका केही स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


