रूख ढलेर बस र स्कुटरलाई किच्दा तीनजनाको मृत्यु ।

काठमाण्डौ:
भक्तपुरको सल्लाघारीमा रूख ढलेर गुडिरहेको सवारीसाधनलाई किच्दा घाइते भएका तीनजनाको मृत्यु भएको छ। गम्भीर घाइते भएका तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी राजु पाण्डेले बताएका छन्।
अपराह्न १२ बजे काठमाडौंबाट भक्तपुर गइरहेको बा २ख ३५८४ नम्बरको बस र बा ६१प ३९७८ नम्बरको स्कुटरलाई रूखले किच्दा १५ जना घाइते भएका थिए। बसमा सवार दुई र स्कुटरमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घाइते १२ जनाको डा. इवामुरा मेमोरियल अस्पताल, भक्तपुर इन्टरनेसनल अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी छ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…