रक्त क्यान्सर पीडित शिशिर पंगेनीको उपचारमा आर्थिक अभाव, सहयोगको लागि परिवारको अपिल
स्याङ्जा २१ असार :
कलिलो उमेरमा छोरालाई रक्त क्यान्सर भएपछि स्याङ्जा वालिङ नगरपालिका वाड नं १० का रामु पंगेनीको निद्रा हराएको छ । छोराको उपचारकालागि खर्च जोहो गर्न नसकेकै कारण पंगेनी परिवार यतिवेला चिन्तित छन् ।
१८ वर्षिय छोरा शिशिर पंगेनीलाई रक्त क्यान्सर पुष्टी भएपछि अहिले सिभिल अस्पताल मिनभवन काठमाण्डौमा विगत एक महिनादेखि उपचाररत छन् । उच्च शिक्षाका लागि आफ्नै मामासंग पोखरामा अध्ययन गरिरहेका शिशिरलाई दाँतवाट रक्तश्राव भएपछि पोखरामा जाँच गर्दा रक्त क्यान्सर देखापरेको थियो । उनको थप उपचारको लागि सिभिल अस्पताल काठमाण्डौ लगिएको उनका मामा खेम अर्यालले जानकारी दिए ।
सिभिल अस्पतालले रक्त क्यान्सर पुष्टी गरेपछि उनको बोनम्यारो प्रत्यारोपणका लागि परिवारलाई रकम जुटाउन भनेपछि परिवारलाई थप चिन्ताले सताएको छ । शिशिरका बुवा आमा यतिवेला छोराको बोनम्यारो प्रत्यारोपणका लागि ठूलो धनराशी खर्च हुनेभएपछि आफन्त र सहयोगी समक्ष गुहार मागेका छन् । लामो समयसम्म अस्पतालमै बस्नुपर्ने र शिशिरको उपचारको लागि ४० देखि ५० लाख सम्म खर्च अनुमान गरेपछि उनका परिवारले सबैसंग सहयोगको लागि अपिल गरेका छन् ।
शिशिरका परिवार वालिङका सामान्य परिवार हुन् । उनका बावु आमा खेती किसान गर्ने कृषक हुन् । छोराको उपाचारका लागि आफूसंग भएको र आफन्तहरुसंग ऋण सहयोग मागेर १० लाख उपचारमा सकिसकेको उनकी आमा सीता पंगेनीले वताईन् । छोराको उपचारमा ठूलो रकम लाग्ने भएपछि छोराको जीवन रक्षाको लागि देश तथा विदेशमा सहयोगी संघ संस्था र व्यक्तिसंग आग्रह गरेकी छु, सबैले सहयोग गरे छोराको ज्यान बच्ने आशामा छु भक्कानिदै सीताले सबैसंग अपिल गरिन ।
शिशिरको उपचारको लागि खर्च जुटाउन उनकै नाममा मुक्तिनाथ विकास बैंकमा खाता खोलीएको छ । उनका आफन्त र परिवारले यतिवेला शिशिरलाई उपचारमा सहयोग माग्न सुरु गरेका छन् । उनको मुक्तिनाथ विकास बैंकको खाता नं ०४८२२३००९०३४२४०००००१ मा आर्थिक सहयोग गरि शिशिर पंगनीलाई बचाउन परिवारले अपिल गरेका छन् ।
शिशिरको उपचारको लागि पोर्चुगलवाट अर्जुन अर्याल, विपिन अर्याल लगायतले आर्थिक संकलन अभियान सुरु गरिसकेको जानकारी दिएका छन् । भने वालिङमा रहेका उनका परिवारले समेत आर्थिक सहयोग संकलन सुरु गरेको उनका काका वुद्धी पंगेनीले जानकारी दिए । शिशिरको उपचारको लागि सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलले आफ्नो फेसवुक पेजवाट शिशिरलाई आर्थिक सहयोग गरी उनको उपचारमा सहयोग गर्न अपिल गरेका छन् ।
समाचार
थप सामाग्रीकालीगण्डकीको उत्तरवाहिनीमा महामहोत्सव गरिने
३ हप्ता अगाडि
वालिङ : मातापिता प्रतिको सम्मान र सेवाभाव बढाउन कालीगण्डकीको उत्तरवाहिनीमा महामहोत्सव गरिने भएको छ । कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा कालिगण्डकी…