वालिङमा आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न।
वालिङ
युवा रेडक्रस सर्कल वालिङ बहुमुखी क्याम्पसको आयोजन र नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको सहयोगमा आधारभुत प्राथमिक उपचार तालिम वालिङमा सम्पन्न भएकाे छ।
घाईते वा बिरामीलाई तत्काल उपलब्ध स्थानीय साधन र स्रोतहरुको प्रयोग गरी सुरक्षा नियमका आधारमा दक्ष चिकित्सा सेवा प्राप्त नहुँदासम्म अवस्था बिग्रनबाट जोगाउने उद्देश्यले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाकोे समन्वयमा प्राथमिक उपचार सम्बन्धी २ दिने आधारभुत तालिम सम्पन्न गरिएको हो ।
प्राथमिक उपचार सम्बन्धी तालिमलाई नेपाल रेडक्रस सोसाईटी स्यङ्जा जिल्ला शाखाका सभापति दिनेश अर्याल प्रशिक्षक वास अधिकृत घनश्याम पाैडेल र लेखा कर्मचारी मित्र लम्सालले सहजिकिकरण गर्नु भएको थियो ।
तालिममा प्राथमिक उपचार, विरामीको जाँच योजना, कृत्रिम स्वासप्रस्वास प्रक्रिया चोटपटक, घाउ लगायतका अन्य प्रकोपको प्राथमिक उपचार र रोकथामको बारेमा जानकारी दिईएको आयोजकले जनाएको छ ।
प्राथमिक उपचार सम्बन्धी व्यवहारिक र प्रयोगात्मक तालिमले समाजमा प्राथमिक उपचार गर्न सहयोग गर्ने रेडक्रस सोसाइटी स्याङ्जाका उप मन्त्री खगेन्द्र अर्याल ले बताउनुभयो । २ दिन चलेको उक्त तालिममा ७ विद्यालयका २८ जना विद्यार्थी ५ जना शिक्षक गरि ३३ जनाको सहभागिता रहेको थियो ।
उक्त बिधालयमा बिपद पुर्ब तयारिका अन्य बिबिध गतिविधिहरु समेत सन्चालन भइरहेको छ ।
सहभागी विद्यार्थीहरुले प्राथमिक उपचारको सीप अत्यन्तै महत्त्वपूर्ण र प्रभाबकारी रहेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु संचालन गर्ने वालिङ बहुमुखि क्याम्पस प्रमुख सचिदानन्द यादब ले जानकारी दिनुभयाे । कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश शिक्षक नायक एबम् जु.रे.स.यु.रे.स जिल्ला समंयोजक विष्णु सुवेदी गैरे ले गर्नु भएको थियो भने कार्यक्रममा सहभागिको तर्फ बाट प्रतिक्षा घले र प्रशिक्षकको तर्फबाट घनश्याम पाैडेलले मन्तब्य राख्नु भएको थियो।
कार्यक्रमको सभापति युवा रेडक्रस सर्कल वलिङ् बहुमुखी क्याम्पसका सभापति मिलन अर्यालले गर्नु भएको थियो भने कार्यक्रमको को सन्चालन सचिब हरि रेग्मिले गर्नु भएको थियो ।
समाचार
थप सामाग्रीगण्डकीमा दुई तिहाइको सरकार, नौ सदस्यीय मन्त्रिपरिषद्
५ दिन अगाडि
मुख्यमन्त्री नियुक्त भएको तीन महिनापछि सुरेन्द्रराज पाण्डेले गण्डकीको मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । सोमबार नेकपा (एमाले) बाट चार मन्त्री थपिएपछि…