प्रेस युनियनको अध्यक्षमा लम्साल र महासचिवमा पौडेल विजयी
काठमाडौं । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ ।
पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा लम्साल प्यानलकै विजयी भएका छन् । लम्सालले अनिता बिन्दूलाई पराजित गर्नुभएको छ ।
युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित भएका छन् । खुला उपाध्यक्षमा लम्साल प्यानलबाट नकुल अर्याल निर्वाचित भएका छन् ।
खुला उपाध्यक्षमै संस्थापन पक्षका भिष्मराज ओझा बिजयी भएका छन् भने कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल बिजयी भएका छन् । मतगणना सकिए पनि आधिकारिकरुपमा मतपरिणाम घोषणा भइसकेको छैन । लम्साल समुहको बिजयोत्सव चलिरहेको छ ।
प्रेस युनियन नेपाली कांग्रेस शुभेच्छुक पत्रकारहरुको संगठन हाे ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…