गल्याङमा अचार बनाउने ५ दिने तालिम शुरु ।

साधना न्यौपाने/गल्याङ :
स्याङ्जाको गल्याङमा ५ दिने अचार बनाउने तालिम शुरु भएको छ । एकल महिला बहुउदेशिय सहकारी सस्थाको आयोजनामा गल्याङ ३ मा तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै गल्याङ नगरपालिकाका नगर उपप्रमुख हेमा न्यौपानेले व्यवहारिक तालिमले एकल महिलाहरुलाई आर्थिक रुपमा सवल पुर्याउन सहयोग गर्ने बिश्वास व्यक्त गर्नुभयो ।
सहकारी सस्थाले एकल महिलाको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि महत्वपूर्ण सहयोग गरिरहेको भन्दै उपप्रमुख न्यौपानेले उनीहरुको सीपमूलक तालिमले जीवनयापनमा सहयोग गर्ने बताउनु भयो ।
नगरपालिकाले पनि आफ्नो जीवन मा केही गर्छु भनेर अगाडि बढिरहेका महिलाहरुलाई सहयोग गर्ने न्यौपानेको भनाई छ ।
कार्यक्रममा बोल्दै गल्याङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई ले सीपमूलक तालिमले महिलाहरुको जीवनमा राम्रो प्रभाव पार्ने बताउनु भयो ।
एकल महिलाहरुलाइ घरबाट बाहिर ल्याई समाजमा उदाहरणीय बनाउने योजनाका साथ विभिन्न तालिमहरु सञ्चालन गरिदै आएको एकल महिला बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष ज्ञानु भण्डारीले जानकारी दिनुभयो ।
सस्थाका अध्यक्ष ज्ञानु भण्डारीको अध्यक्षतामा सम्पन्न भएको तालिम उद्दघाटन सत्रमा स्वागत एकल महिला सहकारी सस्थाका उपाध्यक्ष कला ढकालले र सञ्चालन सस्थाका सचिव खुमा बुढाथोकीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…