लायन्स क्लबको निर्णय पुस्तिका हस्तान्तरण
वालिङ, १७ असार :
लायन्स क्लब अफ वालिङ सिटीको २०२२/२०२३ को अधिवेशन तथा निर्णय पुस्तिका हस्तान्तरण कार्यक्रम आज वालिङमा गरिएको छ ।
क्लबका २०२१/२०२२ का अध्यक्ष चुत्राकुमारी थापा (दुर्गा) ले नवनिर्वाचित अध्यक्ष दिपक लम्साललाई निर्णय पुस्तिका हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा एओजी चेतनारायण श्रेष्ठले लायन्स क्लबले समाजमा सकारात्मक सन्देशहरु दिने गरी आगामी योजनाहरु अगाडि सार्नुपर्ने बताउनुहुँदै त्यसलाई सफल बनाउन क्लबका सबै पदाधिककारी तथा सदस्यहरु उत्तिकै जिम्मेवारीसहित अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतका वर्षहरुमा पनि लायन्स क्लबले नयाँ नयाँ र रचनात्मक कार्यक्रमहरु गरेको स्मरण गर्नुहुँदै उहाँले आगामी दिनमा पनि तिनै नीति तथा कार्यक्रमहरुको निरन्तरतासहित समयसापेक्ष नयाँ कार्यक्रमहरुलाई पनि स्थान दिंदैजानुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व अध्यक्ष सीताराम अधिकारी, लायन्स क्लब अफ वालिङ सिटीका सदस्य कर्णबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दिपक लम्सालले लायन्स क्लब अफ वालिङ सिटीको गरिमालाई जोगाउँदै सबैसँगको सल्लाह र सुझावलाई आत्मसात गर्दै निरन्तररुपमा अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले निर्वाचित गराउनुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुहुँदै नयाँ र परिवेश सुहाउँदो कार्यक्रमहरु ल्याउने र सकेसम्म धेरैलाई समेट्ने गरी अगाडि बढ्ने प्रतिबद्धता दोहो¥याउनुभयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष चुत्राकुमारी थापा दुर्गाले लायन्स क्लबलाई सफलतापूर्वक यो अवस्थासम्म ल्याई पु¥याउन सहयोग गर्नुहुने सबैप्रति आभार ब्यक्त गर्दै नवनिर्वाचित पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बिजय कोईराला, पार्वती पंगेनी, स्वाँ श्रेष्ठ, गोविन्द तिवारी, फणिनारायण रेग्मी दिपक, युवराज सुबेदी, राधाकृष्ण डुम्रे, तोलाकान्त बगाले लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …