एक घर एक धारा अभियान अन्तर्गत गल्याङमा करोडौं बजेट ।

Guru Prasad Bhattarai Mayor Galyng

गल्याङ :
गल्याङ नगरपालिकामा ‘एक घर एक धारा अभियान’ अन्तर्गत बिभिन्न खानेपानी योजना सञ्चालनका लागि करोडौं रुपैयाको बजेट बिनियोजन भएको छ ।
खानेपानीको अभाव रहेको गल्याङ नगरपालिकाका बिभिन्न स्थानमा सञ्चालन हुने गरी करोडौं बजेट ल्याउन नवनिर्वाचित नगर प्रमुख गुरुप्रसाद भट्टराई सफल हुनु भएको हो ।
गल्याङ नगरपालिकामा खानेपानीको अभावको जानकार रहेका बर्तमान् जनप्रतिनिधिहरु निर्वाचित भएसँगै यो अभियानमा लागेको बताउदै आएकाछन् ।
विगतका वर्षहरुका आयोजना सञ्चालन भएर पनि प्रयाप्त बजेट अभावका कारण अस्तव्यस्त बनेका खानेपानी योजनाहरु अव भने सम्पन्न हुने भएका हुन् ।
संघीय सांसद मोहनप्रसाद पाण्डेयसँग समन्वय र सहयोगमा बिभिन्न खानेपानीलाई बजेट व्यस्थापनको काम भएसँगै गल्याङका नागरिकहरुमा खानेपानीको समस्या दीर्घकालिन रुपमा समाधान हुने आशा पलाएको हो ।
आर्थिक बर्ष २०७९÷८० मा काम सचालन गर्ने गरी बेलचौर खानेपानीका लागि १ करोड ५० लाख, तुलसी भञ्ज्याङ खानेपानी तथा सरसफाई समितिका लागि ७० लाख,कालीगण्डकी भेडाबारी लिफ्टिङ खानबिभिन्न खानेपानी पानी आयोजनाका लागि १ करोड, जगत्रदेवी खानेपानीका लागि १ करोड ५० लाख, गेझा लिफ्टिक खानेपानीका लागि १ करोड ५० लाख रकम विनियोजन भएको गल्याङ नगर पालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले जानकरी दिनुभयो ।
आफूहरु जनप्रतिनिधि भएर आए पछि गल्याङ नगरपालिकाको ११ औं नगर सभामा नीति तथा कार्यक्रममै ‘एक घर एक धारा’को बिषय उल्लेख गरेर अभियानमा नै लागेको प्रमुख भट्टराईको भनाई छ ।
प्रदेश तथा संघीय सरकारको नीतिलाई आत्मसाथ गर्दै आगामी ३ वर्षमा नगरभित्र एक घर एक धारा कार्याक्रमलाई पूर्णता दिने र सबै घरधुरीमा स्वच्छ पिउने पानीको व्यवस्थापन गर्ने गरी आफूहरु लागेको भट्टराईको भनाई छ ।
गल्याङ बजार र नगर क्षेत्रको खानेपानी समस्याको दीगो समाधानको लागि गल्याङमा बृहत खानेपानी तथा सरसफाई आयोजना सञ्चालन गरिने उहाँको भनाई छ । संघ तथा प्रदेश सरकारसंग समन्वय गरि काम गर्छौ भट्टराईको भनाई छ ।

गल्याङ नगरपालिका भित्रका स्रोत र साधनको सदुपयोग गर्ने तथा मूलको व्यवस्थापन र संरक्षण गरी खानेपानीको सही र दीगो व्यवस्था गर्ने पालिकाको योजना रहेको प्रमुख भट्टराईले बताउनु भयो ।
खानेपानी तथा डिभिजन मन्त्रालयसंगको समन्वयले बजेट ब्यवस्थापनका लागि संघीय सांसद मोहनप्रसाद पाण्डेयले महत्वपूर्ण भूमिका खेल्नु भएको भन्दै प्रमुख भट्टराईले धन्यवाद समेत दिनुभयो ।

हेर्नुहोस् भिडियो : यसरी गरिदैछ गल्याङमा एक घर एक धाराको ब्यवस्थापन 

 

Facebook Comments Box
TOP