खाद्य स्वच्छतामा वालिङ नगरप्रमुख खांणको जोड
वालिङ :
वालिङ नगरप्रमुख कृष्ण खांणले स्वस्थ खाद्य भए नागरिक स्वस्थ हुने बताउनुभएको छ । सोमबार वालिङमा होटल व्यवसायीका लागी खाद्य स्वच्छता अभिवृद्धि सम्बन्धी अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख खांणले यस्तो बताउनुभएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको आयोजना तथा राष्ट्रिय उपभोक्त मंच स्याङ्जाको समन्वयमा वालिङ ६ मिर्दिमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खांणले भन्नुभयो, ‘हामीले खाने हरेक खाद्य वस्तु स्वच्छ हुन आवश्यक छ स्वस्थ नागरिकको आधार नै स्वच्छ खाद्य वस्तु हो ।’ खाद्य तथा गुण नियन्त्रण कार्यालय पोखराले वालिङमा आयोजना गरेको यो कार्यक्रम निकै प्रभावकारी रहेको भन्दै खाद्य स्वस्छताका लागी नगरपालिकाले समेत आगामी आर्थिक वर्ष २०७९/०८०को शुरुवातमै वालिङमा अनुगमन कार्यलाई प्रभावकारी बनाउँदै लैजाने र सोही अनुसारको कार्यक्रम अगाडि बढाउने प्रमुख खांणले बताउनुभयो ।
होटल व्यवसायीहरुलाई आवश्यक ज्ञान दिनका लागी आयोजना गरिएको अन्र्तक्रियाले यहाँका होटलहरु झनै व्यवस्थित र स्वस्छ हुने उहाँले बताउनुभयो । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख शिवजी बरालले होटल तथा रष्टुँरामा खाद्य स्वस्छता कायम गर्न अपनाउनुपर्ने सर्तहरु,खाद्य वस्तु फ्रिजमा राख् ध्यान दिनुपर्ने कुराहरुलगायतका विषयमा सहजीकरण गर्नुभएको थियो भने राष्टिय उपभोक्त मंचका अध्यक्ष राजेन्द्र मरासिनीले उपभोक्ताको अधिकार सम्बन्धी सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख शिवजि बरालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत राष्ट्रिय उपभोक्ता मंच वालिङ नगरसंयोजक कला रानाले स्वागत र खाद्य निरिक्षक अशोक गौतमले गर्नुभएको थियो । कार्यक्रममा यहाँका होटल व्यवसायीहरुको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


