६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस ।
काठमाण्डौ:
आइतबार बिहान खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर गएको ६ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएसँगै विराटनगर‚ धरान‚ उदयपुर‚ खोटाङ‚ भोजपुरलगायत आसपासका जिल्लामा भागदौड थियो ।
बिहान ८ बजेर १३ मिनेट जाँदा गएको भूकम्पको धक्काका कारण विराटनगर विमानस्थलमा समेत भागदौड चलेको थियो । अहिले मार्तिमबिर्ताको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय मार्तिमबिर्ताका प्रहरी नायव निरीक्षक शम्भु पौडेलले जनाएका छन् ।
‘दुईपटक आएको भूकम्पमा सुरुको धक्का अलिक धेरैबेर गयो । तर त्यसबाट भौतिक क्षति भने भएको छैन‚’ उनले भने ।
गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरने केन्द्रले जनाएको छ ।
समाचार
थप सामाग्रीनिजामती सेवा ऐन छिटो ल्याउन माग
५ दिन अगाडि
स्याङ्जा : २१ औं निजामती सेवा दिवस स्याङ्जामा विविध कार्यक्रम गरी मनाइएको छ । हरेक बर्षको भदौ २२ गते देशभरका…