स्याङजा : सिञ्चाई पोखरीमा डुबेर दुई जनाको ज्यान गयो ।
वालिङ, साउन ४ गते ।
स्याङ्जाको गल्याङमा सिञ्चाई पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । गल्याङ नगरपालिका वडा नम्वर ६ स्थित घर नजिकै बनाएको प्लास्टिकको सिञ्चाई पोखरीमा खसेकी कामना गुरुङकी छोरी ४ बर्षकी सोफिया गुरुङलाई बचाउन गएकी ३३ बर्षकी बृन्दा गुरुङको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रबिन्द्र खनालले जानकारी दिनुभयो ।
आज साँझपख खेल्दै गर्दा पोखरीमा खसेकी देखे पछि बचाउन पोखरीमा पसेकी बृन्दाको बालिका सँगै डुबेर ज्यान गएको प्रहरीको भनाई छ ।
सिञ्चाई पोखरी एक लाख लिटर क्षमताको भएको प्रहरीको भनाई छ ।
File- pic
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


