मर्मतका लागि बस मुनि गएका सहचालकको बसले किचेर मृत्यु ।
चितवन:
चितवनमा बसले किचेर सहचालकको मृत्यु भएको छ।
आज बिहान भरतपुर महानगरपालिका वडा नं. २५ शुक्रनगरमा ना ५ ख ९६७ नम्बरको बसले किच्दा गम्भीर घाइते भएका सहचालक भरतपुर–२४ का सुरज नेपालीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।
बस बिग्रिएपछि मर्मतका लागि भनेर सहचालक बस मुनि गएका बेला चालकले बस स्टार्ट गर्न पुगेका थिए। बस चालकले स्टार्ट गरी बस अगाडि बढाउने क्रममा बसको मुनि रहेका सुरज किचिएका थिए।
बस चालक भरतपुर–२७ बस्ने ४२ वर्षीय राजकुमार गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …