सर्वसाधारणलाई ब्ल्याकमेलिङ गर्ने कार्यालयबाट १५० बढी युवायुवती प्रहरी नियन्त्रणमा ।
बुटवल:
रुपन्देहीको तिलोत्तमा नगरपालिका– २ मा रहेको कल सेन्टरमा प्रहरीले छापा हानेको छ । कल सेन्टरबाट अवैध गतिविधि गरेको आरोपमा प्रहरीले कार्यालयमा छापा हानेको रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
प्रहरीले कल सेन्टरबाट अवैध रूपमा सर्वसाधारणलाई म्यासेज पठाई ‘ट्रयाप’मा पारेको प्रमाण फेला पारेको बताएको छ । उक्त स्थानबाट प्रहरीले एक सय ५० जना किशोर–किशोरीलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूमाथि कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई ‘ब्ल्याकमेलिङ’ गरेको आरोप छ । प्रहरीका अनुसार जानकीनगरमा चार तलाको घरमा तीनवटा फल्याट भाडामा लिएर तीन सय कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको प्रहरी अनुसन्धानबाट भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
एक भारतीय नागरिकसमेतको लगानीमा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


