वालिङ नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

असार ८, वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकाले आ.व. २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार नगरप्रमुख कृष्ण खाँणले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
नगरपालिकाले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा अगाडिका जनप्रतिनिधिले गरेका कामहरुलाई प्राथमिकताको आधारमा निरन्तरता दिइने जनाइएको छ ।
प्रस्तुत नीति तथा कार्यक्रममा गरिब,असहाय तथा भुमिहिनहरुको लागि सुरक्षित आवासको व्यवस्था गरिने जनाइएको छ ।
नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा युवा स्वरोजगारले प्राथमिकता पाएको छ । बैदेशिक रोजगारीबाट फर्केका तथा कोभिड १९ ले रोजगारी गुमाएकाहरुको लागि ‘स्टार्ट अप’ बिजनेसको अवधारणा ल्याइएको छ ।
लगानी प्रवद्र्धन,जनशक्ति उत्पादन तथा पूर्वाधार विकासले पनि आ.व.२०७९/०८० मा प्राथमिकता पाएका छन् । शिक्षा,स्वास्थ्य र जनजीविकाको उन्नयनका लागि विशेष कार्यक्रम गरिने नगरपालिकाले जनाएको छ ।
नागरिकलाई स्वास्थ्यको प्रत्याभूति दिलाउन स्वास्थ्य बीमाको कार्यक्रम विस्तार गर्ने, दीर्घरोगी तथा महिलासम्बन्धी रोगको रोकथाम,पहिचान र उपचारका लागि घुम्ती सेवाको विस्तार गर्ने नीति अघि सारिएको छ ।
स्वास्थ्यकै क्षेत्रमा गह«ौँ घ्याङ्लिङ अस्पतालमा गर्भवति महिलाहरुको शल्यक्रियाको लागि आवश्यक स्तरोन्नती गरिने जनाइएको छ ।
सार्वजनिक नीति तथा कार्यक्रममा उद्यमशीलतालाई जोड दिने गरी स्थानीय पाठ्यक्रम निर्माण गरिने,विद्यालय अनुगमनको कार्यलाई तिव्रता दिइने र भुगोल र विद्यार्थीसङ्ख्याको आधारमा विद्यालयलाई मर्ज गरिने उल्लेख गरिएको छ ।
कृषि क्षेत्रको विकासको लागि कृषि एम्बुलेन्सको व्यवस्था, स्थानीय कृषि उत्पादनहरुलाई ब्रान्डिङ,प्याकेजिङ गर्दै बजारीकरणलाई थप व्यवस्थित बनाइने भएको छ ।
यस अघि कृषकलाई लगानीका आधारमा अनुदान दिने नीतिगत व्यवस्थालाई परिमार्जन गर्दै उत्पादनको आधारमा मात्र अनुदान दिने नीति लिइएको नगरपालिकाले जनाएको छ ।
कृषि क्षेत्रमा दुध तथा कोदो उत्पादक किसानहरुलाई उत्पादनको आधारमा अनुदान, पशु बीमा तथा एग्रो–इको–टुरिजमको नीति अगाडि सारिएको छ ।
वालिङ नगरपालिका पर्यटकीय क्षेत्र भएकोले केवलकार,पार्क,सडक तथा उद्यानजस्ता संरचना निर्माणको लागि पीपीपी मोडेलमा काम गर्न नीजि क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ । मौजुदा पर्यटकीय क्षेत्रको विकास तथा स्तरोन्नतीको लागि कार्यक्रमहरु ल्याइने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले युवा तथा खेलकुद विकास, दलित तथा लोपोन्मुख जातिको आर्थिक उन्नती तथा संरक्षणको कार्यक्रम,एक वडा एक पक्की सडक,आँधीखोला कोरिडोर निर्माण लगायतका कार्यक्रमहरु गरिने भएको छ ।
वालिङमा सञ्चालनमा रहेका सञ्चार माध्यमको विकासको लागि उपकरण खरिदमा बजेट,लोक कल्याणकारी विज्ञापनको व्यवस्था लगायका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
कार्यक्रममा बोल्दै नगरउपप्रमुख कविता तिवारीले नागरिकको अपेक्षा,चाहना र आवश्यक्ताका आधारमा नीति तथा कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, अघिल्लो कार्यकालमा शुरु गरिएका महत्वपूर्ण कार्यक्रमलाई पुरा गर्न अफूहरु प्रतिवद्ध रहेको उहाँको भनाई छ ।

Facebook Comments Box
अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्‍यो सम्मान
६ दिन अगाडि

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको छ । नेपाली…

TOP