सेफ्टी ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु ।
काठमाण्डौ:
चितवनको भरतपुरमा सेफ्टी ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।
बुधबार साँझ भरतपुर महानगरपालिका–१९ तमुटोल निवासी राम प्यारी गुरुङको घरमा रहेको सेफ्टी ट्यांकी सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । कपिलवस्तु शिवराज नगरपालिका– ९ बस्ने २४ वर्षीय छतिराम थारु सफाइ गर्ने क्रममा अचानक चिप्लिएर ट्यांकीमा खसेपछि सँगै काम गरिरहेका उनका भिनाजु नाता पर्ने सोही स्थानका २३ वर्षीय राम चौधरी छतिरामलाई निकाल्न भित्र पसेकोमा दुवै जना निस्किन सकेनन् ।
उनीहरू ट्यांकीमा खसेको जानकारी पाउनसाथ प्रहरी, सेना, सशस्त्र प्रहरीको टोलीले दुवै जनाको शव बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।दुवै शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


