लागु औषधसहित स्याङ्गजाका तीन जना पक्राउ ।
पोखरा:
पोखराको नागढुङ्गाबाट लागु औषधसहित तीन जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका वडा नं -९ नागढुङ्गाबाट लागु औषधसहित स्याङ्गजा जिल्ला पुतली बजार नगरपालिका -८ निवासी २५ वर्षीय विराज हमाल, पुतली बजार नगरपालिका -४ बस्ने २६ वर्षीय देवांस थापा र आँधिखोला गाउँपालिका -३ बस्ने २० वर्षीय मनिष पौडेललाई प्रहरीले पक्राउ गरेको हो।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरीको टोलीले उनीहरुको साथबाट डाईजापाम ७० एम्पुल, फेनेरागन १२० एम्पुल र नुर्फिन ९५ एम्पुल गरी जम्मा २८५ एम्पुल लागु औषध वरामद गरेको छ।
पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धि मुद्धामा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थपको अनुमति लिएर अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रवक्ता तिवारीले बताए।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


