खोलाले बगाएर शिक्षिकाको मृत्यु ।
नुवाकोट:
खोलाले बगाएर नुवाकोटमा एक शिक्षिकाको मृत्यु भएको छ।
दुप्चेश्वर गाउँपालिका ६ की ३५ वर्षीया राधिका आचार्यको आज शुक्रबार तादी गाउँपालिका ४ को सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा लडेर मृत्यु भएको छ।
तादी ४ पागेंपाखा भन्ने ठाउँमा आचार्य चढेको बा ९७ प ६९२५ नम्बरको स्कुटर दुर्घटना भइ भिरबाट खस्दा तादी खोलाले बगाएर उनको ज्यान गएको प्रहरीले जनाएको छ।घटनास्थलभन्दा पाँच सय मिटर तलबाट उद्धार गरे पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ। आचार्य त्यस विद्यालयमा निमावि तहमा स्थायी शिक्षकाका रूपमा कार्यरत थिइन्।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


