खोलाले बगाएर शिक्षिकाको मृत्यु ।

नुवाकोट:
खोलाले बगाएर नुवाकोटमा एक शिक्षिकाको मृत्यु भएको छ।

दुप्चेश्वर गाउँपालिका ६ की ३५ वर्षीया राधिका आचार्यको आज शुक्रबार तादी गाउँपालिका ४ को सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा लडेर मृत्यु भएको छ।

तादी ४ पागेंपाखा भन्ने ठाउँमा आचार्य चढेको बा ९७ प ६९२५ नम्बरको स्कुटर दुर्घटना भइ भिरबाट खस्दा तादी खोलाले बगाएर उनको ज्यान गएको प्रहरीले जनाएको छ।घटनास्थलभन्दा पाँच सय मिटर तलबाट उद्धार गरे पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ। आचार्य त्यस विद्यालयमा निमावि तहमा स्थायी शिक्षकाका रूपमा कार्यरत थिइन्।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP