राष्ट्रिय महिला आयोग र महिला उद्यमीबीच स्याङ्जामा अन्तरक्रिया
भवानी अधिकारी,
स्याङ्जा १५ असार : राष्ट्रिय महिला आयोग काठमाण्डौंको आयोजना तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको समन्वयमा महिला उद्यमशिलता विकासका लागि राष्ट्रिय महिला आयोग र महिला उद्यमीबीच स्याङ्जामा अन्तरक्रिया गरिएको छ ।
कार्यक्रमको उदघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जीटीले महिलाका क्षमताका पहिचान गर्दे उपयुक्त उद्यम संचालनको लागि राज्यले लगानी गर्नुपर्ने बताउनुभयो ।
जवसम्म महिलाहरु सक्षम र आत्मनिर्भर हुदैनन तबसम्म महिला हिंसा जस्ता घटनाले तिव्रता पाउनेमा उहाकेो भनाई छ । महिलाहरु आर्थिक रुपमा सक्षम र क्षमताबान वनाउन सरोकारवाला निकायले सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्नेमा उनले जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्य, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पुतलीबजार नगरपालिकाका उद्योग तथा वातावरण शाखा प्रमुख धनप्रसाद कोइराला लगायतले उद्यम र महिला विकास सम्बन्धी सुझाव एवं नीतिगत ब्यवस्थालाई कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा महिला उद्यम विकास समितिका संयोजक इन्द्रेणी अधिकारी, वरिष्ठ उपाध्यक्ष भवानी अधिकारी, द्धितिय उपाध्यक्ष लक्ष्मी प्रधान, सल्लाहकार द्धय मखमली श्रेष्ठ, तारा मल्ल, कृषि उद्यमी ऋषिकुमारी अर्याल, पुतलीबजार ब्यूटिसियन एशोसियशनका अध्यक्ष माया गोर्खाली लगायतले महिला उद्यमीले संचालन गर्दै आएका ब्यवसाय, चुनौती, समस्या र आवश्यकताका बारेमा आ आफना धारणा सहित राय सुझाव दिनुभएको थियो।
सोही कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका प्रमुख श्रीप्रसाद रेग्मी र उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठले महिला उद्यमीका बर्तमान अवस्था र उनीहरुका लागि राज्य र निजी क्षेत्रले गर्नु पर्ने सहयोगका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने राष्ट्रिय महिला आयोगका उपसचिव सीता अधिकारीले आयोगका काम, कर्तब्य, अधिकारका बारेमा जानकारी गराउनुभएको थियो ।
राष्ट्रिय महिला आयोगका सदस्य सावित्राकुमारी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठले स्वागत, तृतीय उपाध्यक्ष सुनिता पौडेलले धन्यवाद एवं महासचिव रामचन्द्र नेपालले संचालन गर्नुभएको थियो ।
अन्र्तक्रिया एवं राय सुझाव संकलनमा पुतलीबजार नगरपालिका भित्रका ४० जना महिला उद्यमीहरुको सहभागिता थियो ।
तस्विर ः भवानी अधिकारी
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…