सबल नेपालको आयोजना भएको प्रथम मिडिया कप डोरीतान प्रतियोगिताको उपाधि राज्य टेलिभिजनलाई
बुटवल : सबल नेपाल मिडिया प्रा लीको आयोजनामा भएको प्रथम मिडिया कप डोरीतान प्रतियोगिताको उपाधि राज्य टेलिभिजनले जितेको छ । रुपन्देहीको सैनामैनामा सम्पन्न खेलमा साझ टेलिभिजनलाई ३–१ को सेटमा पराजित गराउदै राज्य टेलिभिजनले जितेको हो । जितसगै राज्य टेलिभिजनले नगद १५ हजार, शिल्ड र प्रमाणपत्र पाएको छ भने साझा टेलिभिजनले नगद १० हजार मा चित्त बुझाएको छ ।
प्रतियोगिताको एक कार्यक्रमका बिच सैनामैना नगरपालिका प्रमुख फणेन्द्र शर्माले उद्घाटन गरेको थिए । कार्यक्रममा बोल्दै उनले मिडियाकर्मीहरु बिच हुने यस प्रकारका खेलले सन्चारकर्मी बिच आत्मियता बढ्ने बताए ।

प्रतियोगितामा १० टिमको सहभागीता रहेको थियो । रुपन्देहीमा रहेका संचारगृहहरुबीच परस्पर सम्बन्ध र संचारकर्मीहरुबीच भेटघाट तथा रमाइलोको लागि प्रतियोगिताको आयोजना गरेको बताउँदै भव्यताका सफल भएको प्रतियोगिताका संयोजक दीपक न्यौपानेले बताए ।
कार्यक्रम आयोजक सवल नेपाल मिडिया प्रालिका अध्यक्ष अमृत पाण्डेयको अध्यक्षता, सैनामैना नगरपालिका प्रमुख फणिन्द्र शर्माको प्रमुख आतिथ्यता, उपप्रमुख बिना राना र मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष गोविन्द खनालको विशिस्ट आतिथ्यता, पत्रकार सुरेश परियारको संचालनमा भएको थियो ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


