पेट्राेल, डिजल र मट्टीतेलकाे मूल्य प्रतिलिटर १० रुपैयाँले घट्याे

काठमाण्डाै :

नेपाल आयल निगमले पेट्राेल, डिजल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएकाे छ । आज बिहीवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्राेल, डिजल र मट्टीतेलकाे मूल्य घटाएकाे हाे ।

मूल्य घटेसँगै अब पेट्रोल लिटरकाे एक सय ७० र डिजल/मट्टीतेल लिटरकाे एक सय ५३ रुपैयाँमा झरेको छ ।

निगम सञ्चालक समितिकाे बैठकले पेट्राेलियम पदार्थकाे मूल्य घटाउने निर्णय गरेकाे हाे । यसअघि अर्थ मन्त्रालयले उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएर पूर्वाधार कर घटाएर मूल्य समायाेजन गर्न भनेकाे थियाे ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP