बाघको आक्रमणमा परी एक महिलाको मृत्यु ।

चितवन:
चितवनमा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ।

मंगलबार दिउँसो भरतपुर महानगरपालिका–२३ जगतपुर घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएका चार जना महिलाहरुलाई बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको हो।

बाघको आक्रमणबाट बेपत्ता बनेकी मंगली बोटे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बाघको आक्रमणका परेकी बोटेको चारवटा हात्ती प्रयोग गरेर खोजी गरिएको थियो।उनीसँग गएका अन्य तीन जना भने सकुशल छन्।

 

Facebook Comments Box
TOP