खाना पकाउने सिलिण्डर ग्यास पड्किदा ११ वर्षीया बालिकाको मृत्यु ।
तनहुँ
तनहुँमा खाना पकाउने सिलिण्डर ग्यास पड्किदा एक बालिकाको मृत्यु भएको छ।
शुक्रबार साँझ ७ बजे सिलिण्डर ग्यास पड्किदा भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको ११ वर्षीया छोरी सुभेक्षा केसी क्षेत्रीको मृत्यु भएको हो।
सिलिण्डर ग्यासमा अचानक आगलागी भई पड्किदा बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएको छ।घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …