रूपन्देहीमा यात्रुबहाक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु ।
रूपन्देही:
जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस रूपन्देहीमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।
आज बिहान करिब ४:३० बजेतिर रूपन्देहीको रोहिणी नदीमा बस दुर्घटना भएको हो।
दुर्घटनाको खबर पौने पाँच बजेतिर आएलगत्तै प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
रोहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित पुलबाट बस रोहिणी नदीमा खसेको हो।
लु २ ख ३८४१ नम्बरको बसमा बसमा चालकसहित ३३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।
घाइतेहरुको उद्धार गरेर प्रहरीले अस्पताल लगेको थियो। बस दुर्घटनामा २४ जना घाइते छन्। उनीहरूको भैरहवास्थित भीम अस्पताल, सिद्धार्थनगर सिटी अस्पताल तथा युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।
बस रोहिणी नदीमाथिको पुलको बार भाँचेर नदीमा खसेको थियो। चालक निदाएको कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। मृत्यु भएकामध्ये ८ पुरूष र एक महिला छन्।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


