रूपन्देहीमा यात्रुबहाक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु ।

रूपन्देही:
जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस रूपन्देहीमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।

आज बिहान करिब ४:३० बजेतिर रूपन्देहीको रोहिणी नदीमा बस दुर्घटना भएको हो।

दुर्घटनाको खबर पौने पाँच बजेतिर आएलगत्तै प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
रोहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित पुलबाट बस रोहिणी नदीमा खसेको हो।
लु २ ख ३८४१ नम्बरको बसमा बसमा चालकसहित ३३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

घाइतेहरुको उद्धार गरेर प्रहरीले अस्पताल लगेको थियो। बस दुर्घटनामा २४ जना घाइते छन्। उनीहरूको भैरहवास्थित भीम अस्पताल, सिद्धार्थनगर सिटी अस्पताल तथा युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

बस रोहिणी नदीमाथिको पुलको बार भाँचेर नदीमा खसेको थियो। चालक निदाएको कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। मृत्यु भएकामध्ये ८ पुरूष र एक महिला छन्।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP