अनौठो संस्कार : जहाँ महिलाहरूले आफ्नो बिहेको दिनमात्र नुहाउँछन्
संसारमा धेरै रहस्य तथा अनौठो परम्पराहरु छन् । कतिपय मानिसहरूको रहनसहन तथा खानपानले अरुलाई नै अचम्ममा पार्दछ ।
आजको आधुनिक संसारमा पनि यस्ता धेरै ठाउँ तथा समुदायहरू छन् जहाँका मानिसहरूले आदीम परम्पराहरु निर्वाह गर्दै आएका छन् । अफ्रिका महादेशको नामिबिया देशमा बस्ने हिम्बा नामक आदिवासी समुदायमा पनि यस्तै एउटा अनौठो परम्परा छ जसलाई आधुनिक यूगको परिभाषामा असभ्य पनि लाग्न सक्दछ । उक्त आदिवासी समुदायका महिलाहरूले आफ्नो जीवनकालमा केवल एकपटक मात्र नुहाउँछन् ।
उक्त आदिवासी समुदायका महिलाहरूले बिहेको दिनमात्र नुहाउन पाउँछन् र उनीहरूले अन्य बेला हातमुख धुन र कपडा धुनसमेत पानीको प्रयोग गर्न पाउँदैनन् ।
घामबाट छालालाई जोगाउनका लागि विशेष खालको लोसन प्रयोग गर्दछन् जुन जनावरको बोसो र फलाम जस्ता खनिज तत्वबाट बनेको हुन्छ ।
उक्त लोसनले उनीहरूलाई लामखुट्टेलगायतका किराहरूबाट पनि जोगाउँछ । उक्त समुदायका महिलालाई रेड म्यानको नामले पनि चिनिन्छ । उनीहरूले जीउको तल्लो भागमा केवल लुंगी जस्तो कपडा लगाउँछन् भने माथिल्लो भाग प्रायः नांगै हुन्छ । साथै उनीहरूले विशेष खालको गहना लगाउने गर्दछन् ।
यो समुदायका मानिसहरू निकै धार्मिक स्वभावका हुन्छन् । बच्चाको जन्मका बेला पनि त्यहाँ विशेष समारोह गरिन्छ । अनलाईन खवर,एजेन्सी
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


