यस वर्षको मनसुन एक साताअघि नै भित्रियो ।

 

 

काठमाण्डौ
यस वर्षको मनसुन नेपाल प्रवेश गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो बुलेटिन जारी गर्दै पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको जानकारी दिएको छ ।

नेपालमा मनसुन भित्रिने सदर मिति जुन १३ भए पनि यसपालि मनसुन एक साताअघि नै नेपाल भित्रिएको हो । नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको पूर्वानुमान शाखाले जनाएको छ ।

प्रदेश १, मधेस र बागमती प्रदेशका कतिपय स्थानमा आइतबार र सोमबार वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद्ले बताएका छन् ।देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ ।

उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत  वर्षा हुने गर्दछ । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव देखिएको छ ।गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP