प्रियंका रानी जोशी बनिन् मिस नेपाल २०२२ ।

काठमाण्डौ:
सन् २०२२ को मिस नेपालको ताज प्रियंका रानी जोशीले पहिरिएकी छन्। शनिबार काठमाडौंमा भएको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै जोशी मिस नेपाल २०२२ बनेकी हुन्।

त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए। गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालिमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए।​ प्रियंकालाई पूर्व मिस नेपाल नम्रता जोशीले ताज लगाइदिएकी थिइन्। यस वर्षको मिस नेपालमा २४ जना युवतीहरुले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको आयोजना द हिडन ट्रेजरले गरेको थियो।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP