दुनियाँकै महँगो आँप, सुरक्षाका लागि खटिन्छन् गार्ड र कुकुर
अहिले फलको राजा आँपको सिजन हो । अहिले सस्तै मूल्यमा छानी छानी राम्रो आँप किनेर खान पाइन्छ । मालदह, दशहरी, बम्बइ आदि विभिन्न थरीका आँप तपाईंले खानु भएकै छ । तर के तपाईंले संसारकै महँगो आँप खानुभएको छ ? यो आँप खाने मौका त पर जाओस् देख्ने मौका पनि सायद तपाईं हामीलाई परेको छैन होला ।
मियाजाकी जातको उक्त आँप यदि धेरै महँगो छ कि एक किलो आँप खरिद गर्न तपाईंसँग झण्डै साढे ४ लाख रुपैयाँ चाहिन्छ । त्यतिधेरै मूल्यवान भएकै कारण यो आँपको बोटको सुरक्षाका लागि मानिस सुरक्षाकर्मीसँगै कुकुर समेत खटाइएको हुन्छ ।
छिमेकी मुलुक भारतको मध्यप्रदेशका एक व्यक्तिले आफ्नो बगैंचामा यो आँप रोपेर फलाएका छन् । जबलपुर बस्ने संकल्प परिहारले बगैंचामा फलेको त्यो महँगो आँपको सुरक्षाका लागि ४ जना सुरक्षाकर्मी र खतरनाक तालिम प्राप्त कुकुर खटाएका छन् । उनीहरूले २४ सै घण्टा आँपको सुरक्षा गरिरहेका हुन्छन् । भारतमा निकै दुर्लभ रहेको यो आँप गतवर्ष पनि उनको बगैंचामा फलेको थियो । तर फलेको आँप चोरी भएपछि उनले यो वर्ष आँपको बोटलाई कडा सुरक्षा दिएका हुन् । Onlinekhabar.com
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


