दुनियाँकै महँगो आँप, सुरक्षाका लागि खटिन्छन् गार्ड र कुकुर

अहिले फलको राजा आँपको सिजन हो । अहिले सस्तै मूल्यमा छानी छानी राम्रो आँप किनेर खान पाइन्छ । मालदह, दशहरी, बम्बइ आदि विभिन्न थरीका आँप तपाईंले खानु भएकै छ । तर के तपाईंले संसारकै महँगो आँप खानुभएको छ ? यो आँप खाने मौका त पर जाओस् देख्ने मौका पनि सायद तपाईं हामीलाई परेको छैन होला ।
मियाजाकी जातको उक्त आँप यदि धेरै महँगो छ कि एक किलो आँप खरिद गर्न तपाईंसँग झण्डै साढे ४ लाख रुपैयाँ चाहिन्छ । त्यतिधेरै मूल्यवान भएकै कारण यो आँपको बोटको सुरक्षाका लागि मानिस सुरक्षाकर्मीसँगै कुकुर समेत खटाइएको हुन्छ ।
छिमेकी मुलुक भारतको मध्यप्रदेशका एक व्यक्तिले आफ्नो बगैंचामा यो आँप रोपेर फलाएका छन् । जबलपुर बस्ने संकल्प परिहारले बगैंचामा फलेको त्यो महँगो आँपको सुरक्षाका लागि ४ जना सुरक्षाकर्मी र खतरनाक तालिम प्राप्त कुकुर खटाएका छन् । उनीहरूले २४ सै घण्टा आँपको सुरक्षा गरिरहेका हुन्छन् । भारतमा निकै दुर्लभ रहेको यो आँप गतवर्ष पनि उनको बगैंचामा फलेको थियो । तर फलेको आँप चोरी भएपछि उनले यो वर्ष आँपको बोटलाई कडा सुरक्षा दिएका हुन् । Onlinekhabar.com
समाचार
थप सामाग्री
शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै ज्ञापन
१ हप्ता अगाडि
भवानी अधिकारी, स्याङ्जा ९ जेठ : मानवअधिकार तथा शान्ति समाज जिल्ला कार्य समिति स्याङ्जाले नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोषीहरुमाथि…