कृषि प्रधान देश नेपालमा ११ महिनामा १६ अर्बको फलफूल भित्रियो ।
काठमाण्डौ:
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवका ११ महिनामा १६ अर्ब बढीको कृषि तथा फलफूल आयात भएको छ । मुलुकका दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेका र कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा समेत फलफूको आयातमा अर्बौं रकम बाहिरिएको हो।
चालु आवको पहिलो ११ महिनामा फलफूलको आयातका कारण रु १६ अर्ब २१ करोडभन्दा धेरै रकम विदेशिएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।चालू आवको जेठ मसान्तसम्म रु छ अर्ब ६५ करोड ११ लाख ९९ हजार मूल्य बराबरको आठ करोड १५ लाख ३८ हजार ४२६ किलो स्याउ आयात भएको छ । जसमा सबैभन्दा धेरै स्याउ चीनबाट भित्रिएको छ।
यासबाहेक चालु आवको जेठ मसान्तसम्म रु दुई अर्ब १९ करोड ५३ लाख ३५ हजारको तीन करोड २१ लाख ३१ हजार ७९२ किलो अङ्गुर आयात भएको छ भने, चालु आवको जेठ मसान्तसम्म रु दुई अर्ब १९ करोड ५३ लाख ३५ हजारको तीन करोड २१ लाख ३१ हजार ७९२ किलो अङ्गुर आयात भएको भन्सार विभागले जनाएको छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


