विश्वकप लिग–२ : ओमानमाथि नेपालको ७ विकेटको जित
काठमाडौं- ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीमा नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा ओमानविरुद्ध सहज जित निकालेको छ।
बुधबार बिहान सम्पन्न खेलमा नेपालले अंक तालिकाको शीर्ष स्थानमा रहेको ओमानलाई ७ विकेटले हराएको हो। जितको लागि १ सय ६४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालको जितमा आसिफले सर्वाधिक ६२ रनको योगदान दिए। उनले ८६ बलमा ७ चौका र १ छक्का प्रहार गरे। यता, कुशल ७५ बलमा ५ चौकासहित ५६ रनमा क्याच आउट भए।
दुवै ओपनरको ओडीआई करिअरको यो तेस्रो अर्धशतक हो। ओमानविरुद्ध पहिलो विकेटका लागि आसिफ र कुशलले २३.५ ओभरमा १ सय १४ रनको शतकीय साझेदारी गरेका थिए।
जुन ओडीआईमा नेपालका ओपनरबाट पहिलोपटक शतकीय साझेदारी भएको हो। यसअघि ओपनरको रुपमा ओडीआईमा सर्वाधिक ठूलो साझेदारी ६६ रन थियो।
नेपालबाट ओडीआईमा सर्वाधिक ठूलो साझेदारी देव खनाल र दीपेन्द्रसिंह ऐरीको नाममा छ। उनीहरुले कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा पपुवा न्यू गिनीविरुद्ध १ सय २९ रनको साझेदारी गरेका थिए।
रोहित पौडेल २१ बलमा १ चौका र १ छक्कासहित २६ रनमा अविजित रहे। दीपेन्द्र ६ रनमा अविजित रहे। देव १० रनमा आउट भए। ओमानका फैज बटले २ र खवर अलीले १ विकेट लिए।
त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको ओमान ४६.५ ओभरमा १ सय ६३ रनमा अल आउट भयो। ओमानका कप्तान जिशान मकसुदले सर्वाधिक ५२ रन बनाए। उनले १ सय बलमा ३ चौका प्रहार गरे।
सन्दीप गौडले ९१ बलमा ३ चौका र १ छक्कासहित ४७ रन बनाए। छैटौं विकेटका लागि मकसुद र गौडले ८३ रनको साझेदारी गरेका थिए। जतिन्दर सिंहले ३६ बलमा ३ चौका प्रहार गरे। फैज बट १३ रनमा अविजित रहे।
नसिम खुसीले १० रन जोड्दा ओमानका अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन्। नेपालका करण केसीले ९ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए।
करणको ओडीआई करिअरको यो दोस्रोपटक ५ विकेट हो। यसअघि गत बिहीबार ओमानविरुद्ध करणले ओडीआई करिअरको पहिलोपटक ५ विकेट पूरा गरेका थिए।
यता, सन्दीप लामिछाने ३, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीको नाममा १/१ विकेट रह्यो। अमेरिका भ्रमणमा नेपालको यो पहिलो जित हो। नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो।
दोस्रो खेलमा भने नेपालले घरेलु टोली अमेरिकाविरुद्ध ‘टाई’ गरेको थियो। हारसँगै ओमानको विश्वकप लिग–२ मा सम्पूर्ण ३६ खेल सकिएको छ।
ओमान ३६ खेलमा २१ जित र १३ हारका साथ ४४ अंक जोड्दै शीर्ष स्थानमा छ। स्कटल्यान्ड २० खेलमा १३ जित र ५ हारका साथ २८ अंक जोड्दै दोस्रो स्थानमा छ। यूएई २२ खेलमा १२ जित र ८ हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ।
नेपाल १५ खेलमा ७ जित र ८ हारका साथ १५ अंक जोड्लै पाँचौं स्थानमा उक्लिएको छ। ओमान शीर्ष तीनमा रहने उच्च सम्भावना छ। नेपालले अब घरेलु टोली अमेरिकासँग खेल्नेछ।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


