थाइल्याण्डमा किन खुुवाइन्छ कुखुरालाई गाँजा ?
थाइल्याण्डका किसानहरुले आफूले पालेका कुखुरालाई गाँजा खुवाइरहेका छन् ।
कुखुरालाई गाँजा ! अचम्म लाग्न सक्दछ । किसानहरुले कुखुरालाई गाँजा खुवाउनुको विशेष कारण छ । एन्टिबायोटिक्सबाट जोगाउनका लागि भन्दै उनीहरुले कुखुरालाई गाँजा खुवाउने गरेका हुन् ।
थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको लम्पाङ्ग सहरमा रहेका कुखुरा फारामहरुमा पालिएका कुखुराहरुलाई वैज्ञानिकहरुको सल्लाहमै कुखुरालाई गाँजा खुवाउन थालेका छन् । त्यहाँका किसानहरुले पट पोल्ट्री परियोजना सुरु गरेका छन् । उक्त परियोजना चियांगमाई विश्वविद्यालयको कृषि विभागका वैज्ञानिकहरुको सल्लाहमा सुरु गरिएको हो ।
त्यहाँका किसानहरुले आफ्ना कुखुराहरुलाई एन्टिबायोटिक लगाएका थिए । तर उक्त एन्टिबायोटिक लगाएपछि पनि कुखुरामा एभियन ब्रोङ्काइटिसको समस्या देखियो । त्यसपछि कुखुराहरुलाई पशुपंक्षी वैज्ञानिकको सहयोगमा पट पोल्ट्री परियोजना सुरु गरियो र गाँजा तथा भाङ मिसाइएको चारो दिन थालियो । त्यहाँ कुखुरा फार्म आफैले गाँजा खेती गर्ने लाइसेन्स पाएका छन् ।
उक्त परियोजनाको परीक्षण अन्तरगत १ हजार भन्दा धेरै कुखुरामा विभिन्न मात्रामा गाँजाको खुराक दिइएको थियो ताकि गाँजाको मात्राले पार्ने फरक फरक असर हेर्न सकियोस्। ती मध्ये कुनै कुखुरालाई सिधै गाँजाका पात खान दिइएको थियो भने कतिपयलाई पानीमा भाङ घोलेर खान दिइएको थियो । त्यसपछि गाँजाले कुखुराको विकास, स्वास्थ्य तथा कुखुराको मासु र अण्डामा पार्ने प्रभावका विषयमा वैज्ञानिकहरुले लगातार निगरानी गरिरहे ।
वैज्ञानिकहरुका अनुसार गाँजा तथा भाङ खुवाइएका कतिपय कुखुरामा एभियन ब्रोङ्काइटिस कायमै थियो, तर कम मात्रामा । तर गाँजाले कुखुराको मासुमा कुनै असर नपरेको पाइयो भने कुखुराको व्यवहारमा पनि प्रभाव परेन ।
वैज्ञानिकहरुले यो परियोजनाको प्रतिवेदन हालसम्म सार्वजनिक नगरेको भएपनि प्रारम्भिक नतिजा अनुसार एभियन ब्रोन्काइटिस लगायतका रोग विरुद्ध एन्टिबायोटिक औषधि दिनुको साटो गाँजा तथा भाङ खुवाउनु प्रभावकारी देखिएको छ । यसले कुखुरामा एन्टिबायोटिक औषधिको प्रयोग घटाउने र त्यसले मानव स्वास्थ्यमा पर्ने असर समेत कम हुने बताइएको छ । एजेन्सी,onlinekhabar
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


