श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्था विषयमा अन्तरक्रिया

वालिङ, ६ असार :
श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौति र भावी रणनीति विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम आज स्याङ्जाको वालिङमा सम्पन्न भएको छ ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ स्याङ्जाको ब्यवस्थापनमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले श्रमजिवी पत्रकार ऐनलाई कार्यान्वयनमा लगिने बताउनुभयो । उहाँले ऐन कार्यान्वयनकाक्रममा देखिएका चुनौतिहरुलाई समाधान गर्दै अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले सरोकारवाला पक्षहरुबीचमा न्युनतम पारिश्रमिक निर्धारणको कार्यान्वयन गर्नमा जोड दिईने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदीप कोईराला, प्रेस चौतारी स्याङ्जाका अध्यक्ष सुशील सुबेदी, प्रेस सेन्टर स्याङ्जाका नारायण विक लगायतले स्याङ्जाको पत्रकारिताको अवस्था, यहाँका चुनौतिहरु र श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाका विषयमा आ आफ्नो धारणा राख्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव तोलाकान्त बगालेले गर्नुभएको थियो ।

समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…