बैतडी केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प ।

earthaquake

बैतडी:
बैतडीको दोगडाकेदार केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

मंगलबार दिउँसो १२ बजेर ४९ मिनेटको समयमा दोगडाकेदार–७ देउलेक केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

भूकम्पको धक्का बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागडमा समेत महसुस गरिएको थियो।

यसअघि गत वैशाखमा दुई पटक सुदूरपहाडमा भूकम्प गएको थियो।

 

Facebook Comments Box
TOP