चितुवाको आक्रमणबाट पाँच वर्षीय बालकको मृत्यु ।
तनहुँ
तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।
मंगलबार करिब ४ बजे चितुवाको आक्रमणबाट बन्दिपूर– १ बोडीस्वाराका पाँच वर्षीय सुप्रिम थापा मृत्यु भएको प्रहरीले जनाएको छ।
घरको आँगनमा खेलिरहेका बालक चितुवाको आक्रमणमा परेका हुन्। चितुवाको आक्रमणमा परेका बालक घरनजिकैको छापेली सामुदायिक वनमा मृत अवस्थामा भटिएको हो। बालकको घाँटीमा चितुवाले नंग्रा गाढेको निशान देखिएको बताइएको छ।
यसअघि शनिबार राति र आइतबार चितुवाको आक्रमणबाट बन्दीपूर–१ र ४ मा दुई जना घाइते भएका थिए। पछिल्ला केही दिन यता चितुवाको आक्रमण बढेको बन्दीपूर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए।
वि।सं। २०७४ फागुन यता चितुवाको आक्रमणबाट तनहुँमा १२ जना बालबालिकाले ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।
समाचार
थप सामाग्री-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
-
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
-
स्याङ्जाका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना ।
-
आयुर्वेद चिकित्सा परिषदमा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह
प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट सुरु हुँदै ।
२ दिन अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु हुँदैछ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा…


