नवलपरासी पश्चिम जिल्ला अदालत परिसरमा गोली चल्यो ।
पश्चिम नवलपरासी :
नवलपरासी पश्चिम जिल्ला अदालत परिसरमा गोली चलेको छ।
सोमबार दिउँसो साढे ३ बजे जिल्ला अदालत नवलपरासी पश्चिम परिसरमा एक व्यक्तिले गोली चलाएर फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराज कँडेलले जानकारी दिए।
सरावल गाउँपालिका-४ मंगलापुर बस्ने ३० वर्षीया रोशनी यादव र ३० वर्षीय हंशराज यादवबीच जग्गा विवाद थियो।
उनीहरूको विवादबारे छलफल गर्न अदालत बोलाएकोमा हंशराज यादवले गोली चलाएको प्रहरी उपरीक्षक कँडेलले जानकारी दिए। घटनाबारे खबर पाएपछि प्रहरी उपरीक्षक कँडेलको कमान्डमा ११ जनाको टोली खटिएको छ। यादव अझै फरार छन्। गोलीले कसैलाई नलागेको कँडेलले बताए। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …