शनिबारदेखि खोलामा बेपत्ता भएका स्याङ्गजाका युवकको शव फेला ।

पोखरा:
शनिबारदेखि फुस्रे खोलामा बेपत्ता भएका स्याङ्गजाका युवकको शव फेला परेको छ।
शनिबार साथीहरुसहित पौडी खेल्ने क्रममा दोबिल्लाबाट बेपत्ता भएका स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालिका वडा नं -७ बेशीगाउँ निवासी पूर्ण गुरुङको शव आज फेला परेको हो।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार गुरुङको शव पोखरा महानगरपालिका -३३ मुसीटुडा भन्ने स्थानमा सोमबार  बिहान   ८ :३० बजेको समयमा पानीमा डुबेको अवस्थामा फेला परेको हो। प्रवक्ता तिवारीका अनुसार मृतकका दाई तेल बहादुर गुरुङले शवको सनाखत गरिसकेका छन्। गुरुङ बेपत्ता भए लगत्तै एपिएफ र नेपाल प्रहरीको एक्सपर्ट टिम खोजीकार्यका लागि जुटेको थियो।

 

Facebook Comments Box
TOP