रक्तदान कार्यक्रमबाट २७ पिन्ट रगत संकलन

स्याङ्जा २८ जेठ :

नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. २ को आयोजना तथा रेडक्रस सोसाइटी स्याङ्जाको समन्वयमा रक्तदान कार्यक्रम गरिएको छ ।
देवीस्थानमा भएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गर्नुभएको थियो । २५ जना पुरुष र २ जना महिलाले रक्तदान गर्नुभएको हो । यो संगै २७ पिन्ट रगत संकलन भएको छ । रक्तदातालाई प्रमाणपत्र बितरण गर्दै संबिधानसभा सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सभापति राजु थापाले नवनिर्वाचित पुतलीबजार नगरप्रमुखले जिल्ला अस्पतालमा ब्लड बैंकको स्थापना गरेसंगै अबदेखि रगतहरु यही संकलन गर्न सकिने भएको बताउनुभयो । ब्लड बैंकको अभावमा यहाँ संकलित रगत वाहिरी जिल्लामा पठाउनुपर्ने वाध्यता हटेको भन्दै युवाजनशक्तिलाई यस्तै खाले रचनात्मक कार्य गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा प्रवक्ता भरतप्रसाद लम्साल, वडा सभापति बालकुमार गुरुङ, रेडक्रसका मन्त्री रामचन्द्र अर्याल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । नेपाल तरुण दल वडा नं. २ का अध्यक्ष केशवबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महाधिवेशन प्रतिनिधि युवराज पराजुलीले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP