स्याङ्जा : लागू औषधसहित एक युवा पक्राउ
प्रकाश डोटेल,
स्याङ्जा, ३० जेठ :
स्याङ्जाको पुतलीबजार नगरपालिका १० राङ्खोलाबाट लागू औषधसहित एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १ हरिचोक बस्ने २४ वर्षिया रोशन बराईली रहेका छन् । सुनौलीबाट पोखरा तर्फ आउँदै गरेको बा. १ ख. १४२१ हाईस चेकजाँच गर्ने क्रममा उनलाई लागू औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बराईसीको साथबाट प्रहरीले फेनरागन ३५ एम्पुल, नुर्फिन ३५ एम्पुल र डाईजेपाम ३४ एम्पुल गरी १ सय ४ थान लागू औषध फेला पारेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभएको छ ।
लागू औषसहित पक्राउ परेको बराईलीलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
साहित्यकार अर्याल र पल्लव सम्मानित
२ हप्ता अगाडि
वालिङ: साहित्यकारहरु अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कृत गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले स्याङ्जाको वालिङमा गरेको कार्यक्रममा…


