वालिङको मेयरमा एमालेका खाँण र उपमेयरमा काँग्रेसकी तिवारी निर्वाचित
स्याङ्जा :
वालिङ नगरपालिकाको मेयरमा नेकपा एमालेका कृष खाँण निर्वाचित हुनु भएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी दिलिपप्रताप खाँणलाई पराजित गर्नु भएको हो ।
कृष्ण खाँणले १३ हजार सात सय ७६ मत ल्याएर निर्वाचित हुनु भएको हो । दिलिप खाँणले ११ हजार पाँच सय ९३ मत ल्याउनु भएको हो ।
यस्तै उपमेयरमा नेपाली काँग्रेसकी कविता तिवारी गैह्रेले १२ हजार ८ सय २२ मत ल्याई बिजयी हुनु भएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी खगिसरा थापाले १२ हजार ३ सय ४० मत ल्याउनु भएको छ ।
नेपाली काँग्रेसले वडा नम्वर १,२,५,१०,११ र १४ गरी बहुमत कार्यपालिका सदस्य जितेको छ । भने एमालेले ३,४,६,७,८,९,१२ र १३ वडाहरुमा जित हात पारेको छ ।
दिलिपप्रताप खाँण निर्वतमान् मेयर समेत रहनु भएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


