वालिङ जीप दुर्घटना : मुख्यमन्त्री नेपाली पुगे घाईतलाई भेट्न अस्पतालमा ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्याङ्जाको वालिङ नगरपालिका- १४ मा वैशाख ३० गते भएको जिप दुर्घटनाका घाइतेलाई आईतबार भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनु भएको छ ।
स्वास्थ्य शिक्षाको विधिका साथमा प्रविधिको प्रयोग गरी घाइतेको उपचार गर्न मुख्यमन्त्री पोखरेलले अस्पताल प्रशासनलाई निर्देशन दिनु भएको छ ।
पोखराको गण्डकी मेडिकल कलेजमा घाइतेहरुको उपचार भइरहेको छ ।
दुर्घटनामा एक गर्भवती सहित १४ जनाको निधन भएको थियो भने ८ जना घाइते भएका छन् ।
घाइतेमध्ये ३ जनाको आइसियुमा उपचार भैरहेको छ । २ बालक अर्थो वार्ड र २ जनाको जनरल वार्डमा छन् । घाइते सबै खतरामुक्त छन् ।
घाइतेमध्ये जीएमसीमा ७ जनाको उपचार भइरहेको छ । एक जना उपचारपछि घर फर्केको मेडिकल सुपरिन्टेन्डेन्ट डा. टुमाया घलेले जानकारी दिनुभयो ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


