अर्थ आयकर तिर्नुपर्ने सीमा परिवर्तन, अब वार्षिक ६ लाख कमाउनेले एक प्रतिशत मात्रै कर तिरे पुग्ने
सरकारले व्यक्तिगत आयकर सीमालाई परिवर्तन गरेको छ।
आर्थिक वर्ष २०७९/८० को बजेटले रु.६ लाखसम्म वार्षिक आय भएका दम्पतीले अब एक प्रतिशत मात्रै आयकर तिरे पुग्ने व्यवस्था गरेको हो। यसअघि यो सीमा रु.चार लाख ५० हजार थियो।
एकल व्यक्तिका हकमा रु.पाँच लाखसम्मको वार्षिक आयमा अब एक प्रतिशत मात्रै कर तिरे पुग्नेछ। आयकरको सीमा परिवर्तन गर्न लामो समयदेखि माग हुँदै आएको थियो।
बजेटले वेतनभोगीलाई लक्षित गरी आयकर लाग्ने सीमा परिवर्तन गरी रु.६ लाख (विवाहितको हकमा) पुर्याएको हो।
अब वार्षिक रु.६ लाख कमाउनेले एक प्रतिशत मात्रै कर तिरे पुग्नेछ। त्यसभन्दा बढीको आयमा आम्दानी अनुसार १० प्रतिशतभन्दा धेरै आयकर लाग्नेछ।
बजेटले बीमाको प्रिमियम गर्दा रु.४० हजारसम्म घटाउन पाउने व्यवस्था गरेको छ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


