स्याङ्जा : प्याराग्लाईडिङ उड्ने क्रममा दुर्घटना,घाईतेलाई उपचारका लागि हेलिकप्टर मार्फत पोखरा लगियो ।

वालिङ, जेठ १३ गते :
स्याङ्जाको भीरकोटमा प्याराग्लाईडिङबाट उड्ने क्रममा भएको दुर्घटनामा परि एक जना घाईते भएकी छन् । भीरकोट ८ स्वरेकमैदानमा प्याराग्लाईडिङ सिक्ने क्रममा सोही ठाँउकी १९ बर्षीय लक्ष्मी अर्याल घाईते हुनु भएको हो ।
घाईते अर्याललाई उद्धार गरी प्रभू एयरको हेलिकप्टर मार्फत पोखरा स्थित मेट्रोसिटी अस्पताल पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।
घाईते अर्यालको टाउको र खुट्टामा चोट लागेको प्रहरीको भनाई छ ।

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP