स्याङ्जाको पुतलीबजार र गल्याङमा नेपाली काँग्रेसको शुरुवाती अग्रता ।

स्याङ्जा :
स्याङ्जामा शुक्रवार सम्पन्न स्थानीयतहको निर्वाचन अन्तर्गत मतगणनाको काम शुरु भएको छ । ११ पालिका रहेको स्याङ्जामा पुतलीबजार र गल्याङमा मतगणना शुरु भएको छ । दुवै पालिकामा प्रमुख, उपप्रमुख र वडा अध्यक्ष सहितका पदहरुमा नेपाली काँग्रेसको अग्रता रहेको छ । दुवै पालिकामा अहिले ३ वटा वडाको मतगण भई रहेको छ ।
सबैको चासोको रुपमा हेरिएको वालिङ नगरपालिकामा बिहान १० बजे पछि शुरु हुने भएको छ । यस्तै भीरकोटमा बिहान ८ बजेबाट मतगणना शुरु हुँदैछ । अन्य पालिकाहरुमा पनि आज नै मतगणना शुरु हुने बताईएको छ।

तस्वीर -मतगणना गरिदै पुतलीबजार १ मा

तस्वीर सौजन्य शिवसन्सार श्रेष्ठ

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP