चुनावी प्रचारसँगै सामाजिक दायित्व निभाउदै कविता तिवारी……

वालिङ :
नेपाली काँग्रेसको तर्फबाट वालिङ नगरपालिकाको उपमेयरकी उमेद्वार बन्नु भएकी कविता तिवारी गैह्रे आफ्नो चुनावी प्रचार प्रसारका क्रममा वालिङ ९ मा हुनुहुन्थ्यो । राम्दीबाट फोन आयो लौ बृद्धाश्रममा बस्दै आउनु भएकी १०४ बर्षकी ललितादेवी देवकोटाको निधन भयो । फोन थियो शिव पार्वती वृद्धाश्रम राम्दीमा बृद्धबृद्धाको सहयोगमा खटिनु भएका हरि प्रसाद तिवारीको । अत्यन्तै व्यस्त रहेको चुनावी प्रचार प्रसार बिचमा नै छाडेर उहाँ राम्दी तर्फ पुग्नु भएको । आश्रमका उपाध्यक्ष अर्जुन खनाल, सचिव नेत्र प्रसाद पाण्डे, कोषाध्यक्ष ओम शर्मालाई लिएर तिवारी आफ्नो दायित्व निभाउन राम्दी पुग्नु भएको हो ।
गैह्रेले बृद्धाश्रमको अध्यक्ष रहदै बृद्धबृद्धाहरुका पालनपोषण तथा संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आउनु भएको छ । बिभिन्न सामाजिक कार्य गर्दै आउनु भएकी नेतृ कविता तिवारी गैह्रे वालिङ नगरपालिकाको उपप्रमुखमा उमेद्वार बन्नु भएको छ ।
आगामी बैसाख ३० गते हुने स्थानीयतहको चुनावको लागि उहाँ मैदानमा उत्रनु भएको हो । उहाँ मेयरका उमेद्वार दिलिपप्रताप खाँणसँगै चुनावी प्रचार प्रसारमा लागि रहनु भएको छ ।

आफ्नो घर तथा माईती समेत  थाहा नभएकी बाल बिधवा देवकोटा बर्षौ देखि बृद्धाश्रममा बस्दै आउनु भएको थियो । तिवारीले आफ्नो घर पाल्पा बताउने गर्नु भएको बृद्धाश्रमले जनाएकाे छ ।

Facebook Comments Box
TOP