पुतलीबजारको मेयरमा रेग्मीमा निर्वाचित ।
स्याङ्जा :
पुतलीबजार नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तुलसीराम रेग्मी विजयी हुनु भएको छ । एमालेकी सीमा क्षेत्रीलाई २ हजार ४ सय ४ मतान्तरले हराउँदै रेग्मी मेयरमा निर्वाचित हुनु भएको छ । रेग्मीले १२ हजार ४ सय ९४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी क्षेत्रीले १० हजार ९० मत प्राप्त गर्नुभयो ।
पुतलीबजारको उपमेयरमा कांग्रेसकै देवी अर्याल निर्वाचित हुनु भयो । निवर्तमान उपमेयर समेत रहेका एमालेका महेश पुरीलाई ९ सय ४७ मतले पछाडि पार्नु भएको हो । अर्यालले ११ हजार ७ सय ४८ मत ल्याउँदा पुरीले १० हजार ७ सय ६१ मत ल्याउनु भयो ।
नगरपालिकामा कांग्रेसलाई माओवादी केन्द्रले साथ दिएको थियो । अघिल्लो निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको थियो ।
यस्तै, पुतलीबजारका १४ वटा वडामा पनि कांग्रेसको बहुमत रहेको छ । पुतलीबजार १ मा कांग्रेसका उत्तम श्रेष्ठ,२ मा एमालेका भीमबहादुर गुरुङ, ३ मा कांग्रेसका राजेन्द्रप्रसाद श्रेष्ठ, ४ मा कांग्रेसका शिव थापा, ५ मा कांग्रेसका अर्जुनकुमार कार्की, ६ मा एमालेका खेमबहादुर गुरुङ, ७ मा कांग्रेसका कृष्णबहादुर आले, ८ मा कांग्रेसका रमबहादुर सेन, ९ मा एमालेका दुतप्रसाद गुरुङ, १० मा कांग्रेसका अग्निप्रसाद पौडेल, ११ मा कांग्रेसका मनोज पौडेल, १२ मा एमालेका गन्जसिंह गुरुङ, १३ मा एमालेका जुद्धबहादुर थापा मगर र १४ मा कांग्रेसका जितेन्द्रप्रकाश मल्ल निर्वाचित भएकाछन् ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …