पुतलीबजारमा कांग्रेसलाई माओवादीले सहयोग गर्ने

काठमाडौँ, २९ बैशाख :

नेपाल कम्युनिस्ट पार्टी माओवादी स्याङ्जाले पुतलीबजारमा आफ्नो उमेद्वार निष्क्रिय बनाउदै नेपाली कांग्रेस स्याङ्जा पुतलीबजारलाई समर्थन गर्ने निर्णय गरेको छ । आज नेपाली कांग्रेस पार्टी कार्यलयमा बसेको संयुक्त बैठकले केन्द्रको गठबन्धनको निर्णय, भावना र मर्म अनुसार प्रतिगामी तत्व र शक्तिलाई परास्त पर्नको लागि आफू पछि हटि तुलसीराम रेग्मीलाइ समर्थन गरेको पुतलीबजारमा माओवादीको तर्फबाट  मेयर पदमा उमेदवार दिनुभएको माओवादी नेता नारायण लम्सालले जानकारी दिनुभयो ।

साथै आम नेकपा माओवादी केन्द्रका सम्पुर्ण नेता ,कार्यकर्ता आम मतदाता,  शुभचिन्तक, इस्टमित्र, सम्पुर्ण पुतलीबजार नगर बासिलाइ एक जुट भएर पुतलीबजारमा गठबन्धनका उमेदवार तुलसीराम रेग्मी (नेपालि कांग्रेस), उप-मेयर देबि अर्याल(नेपाली कांग्रेस) लगाएत १४ वटै वडामा  गठबन्धनका सम्पुर्ण उमेदवारहरुलाई आफ्नो मत दिएर बिजयी गराइदिन अनुरोध गर्नुभएको छ ।

यस्तै गरि कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेद्बारी दिनुभएका तुलसीराम रेग्मीले केन्द्रको निर्णय र गठबन्धनको मर्मलाई आत्मसाथ गरि अगाडि बढ्नु पर्ने र देश जोगाउन, लोकतन्त्र जोगाउन, संविधानको रक्षा गर्न सबै एक जुट हुन जरुरी रहेको बताउनुभयो।  माओवादी केन्द्रका यो साथ सहयोगको उच्च मुल्यांकन गर्ने र भाबी दिनमा समग्र पुतलीबजारको बिकासको लागि कांग्रेस र माओवादी केन्द्र एक भएर हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नेकपा माओवादीका सम्पुर्णलाई धन्यवाद दिनुभएको छ ।

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP