तारा एअरकाे विमान दुर्घटना : १० जनाको शव काठमाण्डाैमा
काठमाण्डाै : मुस्ताङमा भएको तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएका २१ जनामध्ये १० जनाको शव काठमाण्डौ ल्याइएको छ ।
नेपाली सेनाको हेलिकप्टरले १० जनाको शव आज साेमवार बेलुका काठमाण्डौ ल्याएको हो । प्रतिकूल मौसमका कारण ११ जनाको शव दुर्घटनास्थलमै रहेकाे र एक जनाको अवस्था अझै थाहा हुन नसकेको तारा एअरले जनाएको छ । सबै शवकाे त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइनेछ ।
हिजो आइतवार बिहान १९ जना यात्रु र तीन जना चालक दलका सदस्यसहित २२ जना बोकेर पोखराबाट जोमसोमका लागि उडेको विमान मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भिरमा ठोक्किएर दुर्घटना भएको थियो ।
हिजो दिनभर खोज्दा नभेटिएको विमान आज बिहान भेटिएको थियो । विमानमा आगो नलागे पनि सिधै पहाडमा ठोक्किएकाले क्षतविक्षत अवस्थामा शवहरू भेटिएका नेपाली सेनाले जनाएको छ । विमानमा १६ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मन नागरिक थिए । Ujyalo online
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


