पेट्रोल प्रतिलिटर १ सय ८० पुग्यो, ग्यास प्रतिसिलिन्डर २ सय रुपैयाँ बढ्यो

काठमाण्डौ :
नेपाल आयल निगमले आज आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढाएको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८०, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ६६ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ पुगेको छ ।
निगमले यसअघि गएको वैशाख ३१ गते पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बढाएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…