६५ बर्षमै मासिक ५ हजार भत्ता दिईने – गण्डकी उपसभापति श्रेष्ठ

भवानी अधिकारी
स्याङ्जा २७ बैशाख :
नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति एवं शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले नेपाली कांग्रेसले जे बोल्छ त्यही मात्र गर्ने बताउनुभएको छ । नसक्ने खाले विकासका उधारो सपना नदेखाउन समेत जनप्रतिनिधीलाई सुझाव दिनुभयो ।
पुतलीबजार नगरपालिका वडा नं. ५ पौवेगौडे र ६ टक्सारमा आयोजित चुनावीसभालाईे सम्बोधन गर्दे उहाले स्थानीय स्रोत र साधनको सदुपयोग गर्दे वडा र पालिकाबासीलाई सक्षम बनाउन उहाले जोड दिदै आवश्यक सहयोग गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
नेपाली कांग्रेसले स्थानीय तहमा जितेमा आउदो साउनदेखि ६५ बर्ष पुगेकालाई मासिक ५ हजार भत्ता र सुत्केरीलाई ५ हजार नगद भत्ता ऊपलब्ध गराउने बताउनुभयो । भत्ता दिने नीति बनाउने कांग्रेस, बितरण गर्ने राज्यको ढुकुटी तर जस लिने एमाले भएको उहाको भनाई छ ।
‘हाम्रा करबाट उपलब्ध गराइएको भत्तामा राजनीति नगर्न एमालेलाई मन्त्री श्रेष्ठले सुझाव दिए । भत्ता दिने नीति बनाउने कांग्रेस हो । कांग्रेसका नितीकै कारण सामाजिक सुरक्षा भत्ता बितरणका लागि बाटो खुलेको हो । के अहिले कांग्रेसको सरकार हुदाँ भत्ता रोकिएको छ ? होइन भने राज्यको करबाट पाएको भत्तामा के को राजनीतिकरण ।’ उहाले भन्नुभयो, ‘कांग्रेसले काम गर्छ अनावश्यक प्रचार गर्दैन।’
कांग्रेस नेतृत्वको सरकार गठन भएपछि गण्डकी प्रदेश सरकारले पाठेघर, हेड इन्जुरी, क्यान्सर, मृर्गौला रोगीलाई मासिक ५ हजार र सबैलाई निशुल्क रगत उपलब्ध गराउदै आएको जानकारी समेत गराउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य शैलेन्द्रजंग कार्की, पुतलीबजार ५ का वडा अध्यक्ष रामचन्द्र रेग्मी, वडा अध्यक्षका उम्मेदवार अर्जुन कार्की, पुतलीबजार ६ का अध्यक्ष पदका उम्मेदवार कृष्ण कार्की, काग्रेस नेताहरु इन्द्र गुरुङ, रमेश रेग्मी, राजेन्द्र कार्की, बिन्दुप्रसाद सुवेदी, कांग्रेसका वडा सभापति राजकुमार केसी लगायतले दिनुभयो । पुतलीबजारले वडा विकासका कार्यक्रममा विभेद गरेको जनाउदै पार्टी र बिचारका आधारमा रकम बिनियोजन गरेको बताउनुभयो ।
निवर्तमान अध्यक्ष एवं अध्यक्षका उम्मेदवार कार्की र वडा अध्यक्ष रेग्मीले बिदेशीको सहयोगमा संचालित परियोजनामा समेत आफुहरुको सहमति वेगर मनखुशी तवरले अनुदान बितरण गरेको बताउनुभयो । लक्षित बर्ग नभई आफनामुखी तबरले सहयोग र अनुदान बितरण गरिएको उहाहरुका भनाई छन् ।
वक्ताहरुले नगरप्रमुख तुलसीराम रेग्मी र उपप्रमुख देवी अर्याल सहित वडाअध्यक्ष लगायत सम्पूर्ण सदस्यहरुलाई मत दिएर विजयी गराउन आग्रह गर्नुभएको थियो ।
सोही कार्यक्रममा एक दर्जन युवाहरुले नेपाली कांग्रेसको निती र सिद्धान्त मन परेर कांग्रेसको सदस्यता लिनु भएको छ । मन्त्री श्रेष्ठ र वडा सभापति केसीले सदस्यता प्रदान गर्नुभएको थियो ।
विचित्र संसार
थप सामाग्री-
सात्विक भोजन के हाे जसले दिन्छ दीघार्यु र निरोगी जीवन
-
विवाह पछि दुलाहाले विदा भई जानु पर्छ दुलहीको घरमा बस्न
-
सेक्स पावर बढाउने भियाग्राको कहानीः भुल भुलैयामै अविष्कार भएका यी पाँच औषधी !
-
विवाहमा नाचेको भन्दै बेहुलाले थप्पड हानेपछि बेहुलीले गरिन् दुलाहाकै भतिजसंग बिहे
-
चिम्पाञ्जीको प्रेममा पागल एक युवती

महाशिवरात्रि किन मनाइन्छ ?
३ महिना अगाडि
हिन्दु शास्त्र अनुसार भगवान शिवलाई सबै देवताहरु मध्ये श्रेष्ठ मानिन्छ । ब्रह्माण्डका सबै देवता र मानव जातिले भगवान शिवलाई प्रसन्न…