एमाले सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालका पति वडा सदस्यमा पराजित
वालिङ, जेष्ठ १ गते ।
नेकपा (एमाले)की सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित हुनु भएको छ ।
स्याङ्जाको वालिङ नगरपालिका–१ को वडा सदस्यमा प्रतिस्पर्धा गर्नु भएका पौडेल पराजित हुनु भएका् हो ।
वालिङ नगरपालिका–१ मा नेपाली कांग्रेसका उमेदवार पदमराज गुरुङ नेतृत्वको प्यानल नै निर्वाचित भएको छ । वडाध्यक्षका उमेदवार पदमराजले एमालेका वडाध्यक्षका उमेदवार गिरमान गुरुङको प्यानललाई पराजित गर्नु भएको हो ।
गिरमानको प्यानलबाट वडा सदस्यमा लक्ष्मीपति पराजित हुँदा कांग्रेसका २६ वर्षीय युवा उमेदवार सम्भव अर्याल निर्वाचित हुनु भएको हो ।
वडा सदस्यमा भएको पराजयसँगै जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचन लड्ने लक्ष्मीपतिको सपना अधुरो भएको छ ।
वडाध्यक्षमा कांग्रेसका पदमराजले ८५० मत ल्याएर निर्वाचित हुँदा एमालेका गिरमानले ८२९ मत पाउनु भएको छ । गिरमान २१ मतले पारजित हुनु भएको हो ।
वडा सदस्यमा निर्वाचित भएका कांग्रेसका सम्भवले एक हजार २२ मत पाउँदा एमालेका लक्ष्मीपतिले ६२६ मत ल्याएका छन् ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


